दफा
स्तनपान संरक्षण तथा सम्वद्र्धन समिति

(१) यो ऐन पालन भए नभएको सुपरिवेक्षण गर्ने प्रयोजनको लागी तथा स्तनपानको संरक्षण तथा सम्वद्र्धन र उत्पादनको बिक्री वितरण नियन्त्रण गर्नको लागि नेपाल सरकारले स्तनपान संरक्षण तथा सम्वद्र्धन समिति गठन गर्नेछ ।

(२) समितिमा देहायका सदस्यहरु रहनेछन्ः–

(क)  सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय -अध्यक्ष

(ख)  प्रतिनिधि (रा.प.प्रथम श्रेणी), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय – सदस्य

(ग)  …………………………………………

(घ)  …………………………………………

(ङ)    प्रतिनिधि (रा.प.प्रथम श्रेणी), शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय    -सदस्य

(च)    प्रतिनिधि (रा.प.प्रथम श्रेणी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय  -सदस्य

(छ)प्रतिनिधि, नेपाल बाल चिकित्सक संघ–सदस्य

(ज)प्रतिनिधि, नेपाल उद्योग वाणिज्य संघ–सदस्य( ́)आमा तथा बच्चाको स्वास्थ्य क्षेत्रमा कार्यरत प्रतिष्ठित व्यक्तिहरु मध्येबाट समितिद्वारा मनोनीत दुई जना व्यक्ति–सदस्य

(ञ)नेपाल सरकारद्वारा मनोनीत प्रतिष्ठित पोषणविज्ञ–सदस्य

(ट)बच्चाहरुको पालन पोषण तथा स्याहार सम्बन्धी अनुभव प्राप्त आमाहरुमध्येबाट नेपाल सरकारद्वारा मनोनीत एकजना–सदस्य

(ठ)नेपाल सरकारले तोकेको व्यक्ति–सदस्य–सचिव(३) मनोनीत सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ र समितिले निर्धारण गरे बमोजिम पुन मनोनीत हुन सक्नेछन्।

(४) समितिले बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन स्वदेशी वा विदेशी विशेषज्ञलाई आमन्त्रण गर्न सक्नेछ ।
(५) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी समितिको सदस्यहरुमा थपघट वा हेरफेर गर्न सक्नेछ